चौतारा साँगाचोकगढी नगरपालिकाको परिचय

चौतारा साँगाचोकगढी नगरपालिका प्रदेश नं. ३ अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रको वागमती अञ्चलमा सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग कि.मी. छ । यो नगरपालिका १० वटा गाविसहरु ( चौतारा, पिपलडाँडा, कुबिन्ड़े, सनोसिरुबरी, स्याउले, बतासे, र्इर्खु, कदमबास, साँगाचोक र ठुलो सिरूवारी गा.वि.स.) मिलेर बनाइएको छ ।  हाल यो नगरपालिकामा १४ वटा वडा रहेको छ ।  २०६८ को जनगणना अनुसार यो नगरपालिकाको जम्मा जनसंख्या ४६,५०१ रहेको छ । यहाँका बासिन्दाहरुको मुख्य विशेषता भनेको धार्मिक र सास्कृतिक पर्वहरु हो । यहा विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र  क्रिचियनहरुको  बसोबास रहेको छ। जसले सार्वलौकिक सस्कृती झल्काउछ । यहाको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् ।

अवस्थिति: आक्षांश : २७º ४६' उत्तर, देशान्तर : ८५º ४२' पूर्व  ; चौतारा साँगाचोकगढी नगरपालिकाको उचाई समुद्रको सतह देखि १४१८ मीटर छ । 

विभाजन: प्रदेश नम्बर : ३, सिन्धुपाल्चोक जिल्ला ( जिल्ला सदरमुकाम चौतारा) , २ वटा निर्बाचन क्षेत्र  

सीमाना: पुर्व  : बलेफी तथा सुनकोशी गाउँपालिका ; पश्चिम :  इन्द्रावती गाउँपालिका ; उत्तर : जुगल गाउँपालिका ; दक्षिण : काभ्रेपलान्चोक जिल्ला  

प्रमुख नदीनालाहरु : झ्याडी खोला, कुविण्डे खोला, बलेफी खोला, मगुवा खोला, सुनकोशी खोला 

प्रमुख धार्मिक तथा  पर्यटकीय स्थलहरु: गौरती भिमेश्वोर मन्दिर (पिपलडाँडा), भदौरे गणेश मन्दिर (सनोसिरुबरी), गणेश/भिमसेन (चौतारा), कृष्ण मन्दिर (चौतारा), चण्डेश्वरी मन्दिर (सनोसिरुबरी), दक्षिणकाली मन्दिर (पिपलडाँडा), देवीथान (गिदाने), हर्लङ्ग बर्लंङ्ग महेदव मन्दिर (स्याउले), साँगाचोकगढी (साँगाचोक), रक्तकलिका मन्दिर (स्याउले भेडाबारी).....