FAQs Complain Problems

अपडेट

घरदैलो कार्यक्रम वडा नं. १३ ठुलोसिरुवारीमा सम्पन्न

सिंहदरबारको अधिकार गाँउमा भन्ने जनताका भनाइ र सरकारले दिएको सुबीघाहरु बोकेर गाँउ गाँउमा सेवा प्रदत्त हुन थालेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १३ ले हालै घरदैलोमा सरकार भन्ने नाराका साथ नगरपालीकाबाट पाइने सेवाहरु प्रदान गरेको छ । चौतारा सँगाचोकगढी नगरपालीकाका प्रमुख प्रशाशसिकय अधिकृत इन्द्र प्रसाद बस्याल, महिला तथा बालबालीका कार्यलय सिन्धुपाल्चोकका महिला बिकास अधिकृत नानी मैया बस्नेत, नगरपालिकाका ना.सु. चुडामणि पराजुली लगाएतका टोलीहरु ठुलो सिरुवारीमा गएर जेष्ठ नागरिक परिचयपत्र, ब्यबसाय दर्ता जस्ता कामहरु गरेर जनताको घरदैलोमा सरकार भन्ने भनाइलाइ ब्यबहारमा उतारेका छन । चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमान सिं तामाङले बिशेष गरि जेष्ठ नागरिक असाय अपागंता भएका र असायहरुको लागी स्थानीय स्थानमा नै गएर सेवा दिन पर्ने र नागरिकलाइ सके सम्म कुनै पनि प्रकारका समस्या हुन नदिनका लागी प्रत्यक वडामा गएर सेवा दिने परम्पराको थालनी गर्नका लागी यस्तो योजना अगाडी ल्याएको बताउँनु भयो । परिचय पत्र बितरण गर्न वडा नं १३ पुग्नु भएका प्रमुख प्रशाशकीय अधिकृत बस्यालले जनताका घरदैलोमा सरकार भनेकै यो हो भन्दै सेवाग्रही भएको ठाँउमा आएर सेवा दिन पाँउदा आफुलाइ पनी खुशी लागेको बताउँनु भयो । महिला बिकास अधिकृत नानी मैया बस्नेतले अपागंता भएका ब्यक्ती र जेष्ठ नागरिकलाइ सम्बन्धीत स्थानमा आएर सेवा दिन पाउँदा खुशी मात्र होइन साँच्ची कै सेवा गरेको अनुभब प्राप्त भउको बताउँनु भयो । वडा नं १३ का वडा अध्यक्ष राम प्रसाद गौेतमले आफ्ना वडामा करिब चार सय जना जेष्ठ नागरिक रहेको बताउँदै यी लगाएत अपागंता भएका र ब्यबसाय दर्ताका लागी आफ्नो वडामा निबेदन पर्न आएमा त्यसका आधारमा फेरी पनी यो सेवालाइ निरन्तरता दिने बताउँनु भयोे । चौतारा आएर परिचय पत्र बनाउँदा पुरै एक दिन समय खर्च हुने, यातायातको समेत असुबीधा भएको ठाँउका जेष्ठ नागरिक तथा अपागंताभएका ब्यक्तीलाइ समस्या पर्ने भएको ले यो सेवाका कारण सबैलाइ राम्रो भएको र आफुलाइ खुशी लागेको जेष्ठ नागरिक परिचय पत्र लिदै ज्ञान बहादुर थापाले बताउँनु भयो । उक्त कार्यक्रममा १७० जेष्ठ नागरिक परिचय पत्र र १६ जनाले आफनो ब्यबसाय दर्ता गराएका छन ।