FAQs Complain Problems

अपडेट

चौतारा सागाँचोकगढी नगरपालिकाको नगरसभा सम्पन्न

चौतारा सागाँचोकगढी नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न सभाले १४ वटा ऐन कानून पास गरेको छ । सभाले न्यायिक समिति उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्वन्धमा वनेको ऐन, पदाधिकारीको आचारसहिंता, आर्थिक कार्यविधि, स्थानिय तहको योजना तथा बजेट तर्जूमा दिग्दर्शन लगायत १४ वटा ऐन कानून पारित गरेको जनाएको हो । नगरका मेयर अमानसिं तामाङका अनुसार सभाले नगर सभा संञ्चालन नियमावली, एफएम रेडियो सञ्चालन व्यवस्थापन कार्यविधि, सहकारी ऐन, बजार अनुगमन निर्देशिका पनि पारित गरेको छ । त्यस्तै सभावाट पारित योजना तथा कार्यक्रम शंसोधन, नीजि ढुङगा खानी, स्लेट ढुङ्गा उत्खनन तथा निकासीको अनुमानित तथा दररेट निर्धारण, स्क्याभेटर, व्याकलोडर प्रयोग, व्यवसाय दर्ता शुल्क निर्धारण सम्वन्धी ऐन कानुन पनि नगरसभावाट पास भएको छ ।