FAQs Complain Problems

अपडेट

Photo Gallery

, , ,

नगरबासीले बिना धितो २ प्रतिशत ब्याजदरमा ५ लाख सम्म ऋण पाउने

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना नगर भित्रका नागरिकलाई २ प्रतिशत व्याजदरमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । २ प्रतिशत ब्याजदरमा उपलब्ध हुने "सहुलियतपुर्ण कर्जा"को लागि बुधबार चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेड बिच बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा कर्जा सम्झौता भएको छ ।

नेपाल बैंक लिमिटेड केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको कार्यालयमा एक कार्यक्रम आयोजना गरि चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख अमानसिं तामाङ, उपप्रमुख जानुका पराजुली, प्रमुख प्रसाशकीय अधिकृत कृष्ण प्रसाद पाण्डे, नेपाल बैंक लिमिटेड बागमती प्रदेश प्रमुख सुन्दर पन्थी र नेपा बैंक लिमिटेड सिन्धुपाल्चोक शाखा प्रबन्धक समिक कुमार दाहाल लगाएतको उपस्थितमा कर्जा सम्झौता गरिएको हो । यसबाट कृषी, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ ब्यावसाय सन्चालन गर्न चाहने नगरबासीहरु प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले युवा स्वरोजगार प्रवर्द्धनका लागि बिनियोजन गरेको १ करोड र नेपाल बैंक लिमिटेडले थप १ करोड गरि यस बर्ष २ करोड ऋृण प्रवाह हुने चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले सिन्धुज्वलालाई जानकारी दिए । उनका अनुसार ऋृण लिन चाहने नगरबासीहरुले २ प्रतिशत ब्याजदरमा ५ लाखसम्म बैंकको नियमानुसार बिनाधितो ऋृण लिन सक्नेछन् । ‘नगरपालिकाले कोरोना भाइरसका कारण आफ्नो रोजगारी गुमाएका, बिदेशबाट फर्किएका, कृषि तथा लघु उद्यमको क्षेत्रमा स्वदेशमै व्यावसाय गर्ने योजना बनाएका युवाहरुलाई लक्षित गरि ‘स्वरोजगार तथा उद्यम प्रवर्द्धन कार्यबिधी २०७७’ बनाएर सहुलियतपूर्ण ऋण उपलब्ध गर्न लागेका हौं’, मेयर तामाङले भने । स्थानीय स्रोत, साधन र सिपलाई सदुपयोग गरी स्थानीय स्तरमा रोजगारी श्रृजना गर्न,आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरबासीको आकांक्षा पुरा गर्न नगरपालिकाले नेपाल बैंक लिमिटेडसँग सम्झौत गरि सहुलियतपूर्ण कर्जामा व्याज अनुदान उपलब्ध गराउन लागेको उपप्रमुख जानुका पराजुलीले बताईन । ‘हामिले यस बर्ष देखि यो कार्यक्रमको शुरूवात गरेका छौ । यसको रिजल्ट हेरेर आगामि वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिनेछौ’, उपमेयर पराजुलीले भनिन् ।सहुलियतपूर्ण कर्जाले नगरभित्र नयाँ उद्यमि तथा व्यावसायीको संख्या बढ्ने र नगरलाई थप समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा राखेको उनले बताईन । यस प्रकारको कार्यक्रमले स्थानीय स्तरमा रोजगारी श्रृजना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरबासीको आकांक्षा पुरा हुने नगरप्रमुख तामाङको ठम्याई छ । उनका अनुसार नगरपालिकाको प्रत्येक बस्तीमा पुगेर जनतासंग प्रत्यक्ष छलफल गरी नयाँ कार्यक्रमहरु बनाएर विकासका कामहरु संचालन गर्ने छ । त्यसको सुरुवात समेत भैसकेको समेत उनले बताए । सोही कार्यक्रम अनुसार सोमबार इर्खुको चिलाउने गाँउमा नगर प्रमुख, नेकपा नगरकमिटी इन्चार्ज लगायतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरिएको थियो ।

समाचार श्रोत : सिन्धुज्वाला अनलाइन पत्रिकालोकप्रिय समाचार अनलाइन तथा पत्रिका

, , , , , , , , , , , , , , , , , ,

चाैतारा साँगाचोकगढी नगरपालिकाकाे आ.व. २०७६/०७७ काे लागि १ अर्ब २३ कराेड ८७ लाख १५ हजार र संघ-संस्थाकाे १२ कराेड १ लाख ८९ हजार ६ सय ७९ गरी १ अर्ब ३५ कराेड ८९ लाख ४ हजार ६ सय ७९ रूपैयाकाे याेजना तथा कार्यक्रम समेटिएकाे वजेट नगर सभामा प्रस्तुत गरियाे । 

, , , , , , ,

सिन्धुपाल्चोकको चौतारामा सुरु भएको दोस्रो तोप २१ मेयरकप फुटबल प्रतियोगितामा सिन्धुपाल्चोक युथ क्लबले विजयी सुरुवात गरेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उद्घाटन खेलमा सिन्धुपाल्चोकले झम्सीखेल युथ क्लबलाई २–० ले हराउँदै विजयी सुरुवात गरेको हो । प्रतिष्पर्धात्मक खेलको ३५ औं मिनेटमा सन्देश गुरुङले गरेको पहिलो गोलबाट सिन्धुपाल्चोक युथले अग्रता लिएको थियो । झम्सीखेलले विभिन्न मुभ बनाएपनि गोल फर्काउन सकेन । खेलको ८२ औं मिनेटमा सिन्धुपाल्चोककै पेमानोर्बू लामाले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारेर आफ्नो टोलीका लागि जितको सुनिश्चित समेत गरे । खेलको म्यान अफ दि म्याच सिन्धुपाल्चोकका पेमानोर्बू लामा घोषित भए । ए डिभिजनका क्लबहरुको समेत सहभागिता रहने प्रतियोगितामा १२ टीम सहभागी रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा आयोजक तोप एक्काइसका अनुसार ए डिभिजन लिग खेल्ने त्रिभुवन आर्मी, एपिएफ, रानीपोखरी कर्नर टिम (आरसिटी) र श्री भगवती युवा क्लब टोखाले सहभागिता जनाउने तोप एक्काइसका अध्यक्ष अशोक कार्कीले जानकारी दिए । २५ लाख ५३ हजार ९ सय रुपैयाँ अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्तालाई २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र, उत्कृष्ट युवा खेलाडीलाई नगद १० हजार र हरेक खेलमा प्रदान गरिने म्यान अफ दि म्याचलाई नगद तीन हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा २ हजार जना अट्ने अस्थाई प्याराफिटको समेत ब्यवस्था गरिएको छ । प्रतियोगितामा बिजेताले पाँच लाख पाँँच हजार नगद सँगै ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । साथै, बिजेता टोलीलाई र्याफ्टिङ सहित एक रातको बसाई सुकुटे स्थित माया बिचमा गराइने छ । प्रतियोगितामा दोस्रो हुने टीमले नगद २ लाख पाँच हजार पाउनेछन । नगद सँगै मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे सामाजिक विकास मन्त्री युवराज दुलालाले गरेका थिए ।

वडा नं. ७ मा जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम, वडा नं. ७ मा जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम, वडा नं. ७ मा जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम, वडा नं. ७ मा जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम

आज मिति २०७४ चैत्र २९ गतेका दिन भएको जेष्ठ नागरिकहरुको भेलामा सनोसिरुवारी, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७ का जेष्ठ नागरिकहरु लाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरियो ! उक्त कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत श्री राजुभाइ श्रेष्ठ, वडा नं. ७ का वडा अधक्ष्य श्री उमा प्रसाद दुलाल, नगरपालिकाका सूचना प्रविधि अधिकृत ई. रोशन घिमिरे र वडा नं. ७ का वडा सचिब आषिस श्रेष्ठ लगायत वडा नं. ७ का निर्वाचित सदस्यहरु तथा वडा नं. ७ का जेष्ठ नागरिकहरुको उपस्थिति रहयो ! उक्त कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७ का १३७ जना जेष्ठ नागरिकहरुको परिचय पत्र वितरण गरियो !

, , ,

सिंहदरबारको अधिकार गाँउमा भन्ने जनताका भनाइ र सरकारले दिएको सुबीघाहरु बोकेर गाँउ गाँउमा सेवा प्रदत्त हुन थालेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १३ ले हालै घरदैलोमा सरकार भन्ने नाराका साथ नगरपालीकाबाट पाइने सेवाहरु प्रदान गरेको छ । चौतारा सँगाचोकगढी नगरपालीकाका प्रमुख प्रशाशसिकय अधिकृत इन्द्र प्रसाद बस्याल, महिला तथा बालबालीका कार्यलय सिन्धुपाल्चोकका महिला बिकास अधिकृत नानी मैया बस्नेत, नगरपालिकाका ना.सु. चुडामणि पराजुली लगाएतका टोलीहरु ठुलो सिरुवारीमा गएर जेष्ठ नागरिक परिचयपत्र, ब्यबसाय दर्ता जस्ता कामहरु गरेर जनताको घरदैलोमा सरकार भन्ने भनाइलाइ ब्यबहारमा उतारेका छन । चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमान सिं तामाङले बिशेष गरि जेष्ठ नागरिक असाय अपागंता भएका र असायहरुको लागी स्थानीय स्थानमा नै गएर सेवा दिन पर्ने र नागरिकलाइ सके सम्म कुनै पनि प्रकारका समस्या हुन नदिनका लागी प्रत्यक वडामा गएर सेवा दिने परम्पराको थालनी गर्नका लागी यस्तो योजना अगाडी ल्याएको बताउँनु भयो । परिचय पत्र बितरण गर्न वडा नं १३ पुग्नु भएका प्रमुख प्रशाशकीय अधिकृत बस्यालले जनताका घरदैलोमा सरकार भनेकै यो हो भन्दै सेवाग्रही भएको ठाँउमा आएर सेवा दिन पाँउदा आफुलाइ पनी खुशी लागेको बताउँनु भयो । महिला बिकास अधिकृत नानी मैया बस्नेतले अपागंता भएका ब्यक्ती र जेष्ठ नागरिकलाइ सम्बन्धीत स्थानमा आएर सेवा दिन पाउँदा खुशी मात्र होइन साँच्ची कै सेवा गरेको अनुभब प्राप्त भउको बताउँनु भयो । वडा नं १३ का वडा अध्यक्ष राम प्रसाद गौेतमले आफ्ना वडामा करिब चार सय जना जेष्ठ नागरिक रहेको बताउँदै यी लगाएत अपागंता भएका र ब्यबसाय दर्ताका लागी आफ्नो वडामा निबेदन पर्न आएमा त्यसका आधारमा फेरी पनी यो सेवालाइ निरन्तरता दिने बताउँनु भयोे । चौतारा आएर परिचय पत्र बनाउँदा पुरै एक दिन समय खर्च हुने, यातायातको समेत असुबीधा भएको ठाँउका जेष्ठ नागरिक तथा अपागंताभएका ब्यक्तीलाइ समस्या पर्ने भएको ले यो सेवाका कारण सबैलाइ राम्रो भएको र आफुलाइ खुशी लागेको जेष्ठ नागरिक परिचय पत्र लिदै ज्ञान बहादुर थापाले बताउँनु भयो । उक्त कार्यक्रममा १७० जेष्ठ नागरिक परिचय पत्र र १६ जनाले आफनो ब्यबसाय दर्ता गराएका छन ।

, , , , , , , , , ,

चौतारा साँगाचोकगढी नगरपालिकाको
नगर कार्यपालिकाको बैठक
मिति : २०७४-१२-०६
स्थान : जिल्ला कृषि विकास कार्यालय सभाकक्ष

नगर सफाई कार्यक्रमका (मिति : २०७४-१२-०५), नगर सफाई कार्यक्रमका केहि झलकहरु (मिति : २०७४-१२-०५), नगर सफाई कार्यक्रमका केहि झलकहरु (मिति : २०७४-१२-०५), नगर सफाई कार्यक्रमका केहि झलकहरु (मिति : २०७४-१२-०५), नगर सफाई कार्यक्रमका केहि झलकहरु (मिति : २०७४-१२-०५), नगर सफाई कार्यक्रमका केहि झलकहरु (मिति : २०७४-१२-०५), नगर सफाई कार्यक्रमका केहि झलकहरु (मिति : २०७४-१२-०५), नगर सफाई कार्यक्रमका केहि झलकहरु (मिति : २०७४-१२-०५), नगर सफाई कार्यक्रमका केहि झलकहरु (मिति : २०७४-१२-०५), नगर सफाई कार्यक्रमका केहि झलकहरु (मिति : २०७४-१२-०५), नगर सफाई कार्यक्रमका केहि झलकहरु (मिति : २०७४-१२-०५)

चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे अायाेजनामा हरेक महिनाकाे ५ गते हुने नगर सफाई कार्यक्रम मेयर अमानसिङ तामाङकाे नेतृत्वमा सम्पन्न भएकाे छ । यश महत्त्वपूर्ण कार्यक्रममा साथ दिनुहुने नेपाल प्रहरी , शसस्त्र प्रहरी , विभिन्न कार्यलयका प्रमुख साथै कर्मचारी तथा प्रतिनिधि ज्युहरू , विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधिहरू हरूमा मा हार्दिक अभार सहित धन्यवाद ज्ञापन गर्दछाै ।

चौतारा साँगाचोकगढी नगरपालिका भित्र कार्यरत गै.स.स.हरुको कार्यक्रम सम्बन्धमा अर्ध वार्षिक समिक्षा तथा छलफल कार्यक्रम, चौतारा साँगाचोकगढी नगरपालिका भित्र कार्यरत गै.स.स.हरुको कार्यक्रम सम्बन्धमा अर्ध वार्षिक समिक्षा तथा छलफल कार्यक्रम, चौतारा साँगाचोकगढी नगरपालिका भित्र कार्यरत गै.स.स.हरुको कार्यक्रम सम्बन्धमा अर्ध वार्षिक समिक्षा तथा छलफल कार्यक्रम, चौतारा साँगाचोकगढी नगरपालिका भित्र कार्यरत गै.स.स.हरुको कार्यक्रम सम्बन्धमा अर्ध वार्षिक समिक्षा तथा छलफल कार्यक्रम, चौतारा साँगाचोकगढी नगरपालिका भित्र कार्यरत गै.स.स.हरुको कार्यक्रम सम्बन्धमा अर्ध वार्षिक समिक्षा तथा छलफल कार्यक्रम, चौतारा साँगाचोकगढी नगरपालिका भित्र कार्यरत गै.स.स.हरुको कार्यक्रम सम्बन्धमा अर्ध वार्षिक समिक्षा तथा छलफल कार्यक्रम, चौतारा साँगाचोकगढी नगरपालिका भित्र कार्यरत गै.स.स.हरुको कार्यक्रम सम्बन्धमा अर्ध वार्षिक समिक्षा तथा छलफल कार्यक्रम, चौतारा साँगाचोकगढी नगरपालिका भित्र कार्यरत गै.स.स.हरुको कार्यक्रम सम्बन्धमा अर्ध वार्षिक समिक्षा तथा छलफल कार्यक्रम, चौतारा साँगाचोकगढी नगरपालिका भित्र कार्यरत गै.स.स.हरुको कार्यक्रम सम्बन्धमा अर्ध वार्षिक समिक्षा तथा छलफल कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिका भित्र कार्यरत गै.स.स.हरुको कार्यक्रम सम्बन्धमा अर्ध वार्षिक समिक्षा तथा छलफल कार्यक्रम

Pages