अपडेट
बिशेष नगर सभा बैठकका केहि झलकहरु
बिशेष नगर सभा बैठकका केहि झलकहरु मिति : कार्तिक १६, २०७४ १. चाैतारा साँँगाचाेकगढी नगरपालिकाकाे अाज सम्पन्न बिशेष नगरसभाले स्थानीय सरकार सञ्चालन ऐन , २०७४काे परिच्छेद ७ दफा ४५ काे उपदफा (१) मा व्यवस्था भए बमाेजिम चाैतारा साँगाचाेकगढी नगरपालिका भित्र रहेकाे बन्देउ -चाैतारा सडक खण्डमा नेपाल सरकारले ताेकेकाे मापदण्डलाई घटाइ सडक बिचबाट दायाँ बायाँ १०/१० मिटर सडक अधिकार क्षेत्र २० मिटर कायम गर्ने निर्णय गरियाे । २. चाैतारा सँगाचाेकगढी नगरपालिका अन्तर्गत पर्ने अन्य साहयक सडककाे हकमा बी ग्रेडकाे सडक १० मिटर सेड व्याक १.५/१.५ मिटर। सी ग्रेडकाे सडक ७ मिटर सेडव्याक १.५/१.५ मिटर । डी ग्रेडकाे सडक ४ मिटर सेडव्याक १.५/१.५ मिटर र गाेरेटाे बाटाे ३ मिटर कायम गर्ने निर्णय भएकाे छ । ३. पूननिर्माण अभियानलाई तिब्रता दिन नगरपालिका भित्र रहेका अार .सी. सी बहेकका कच्ची घरहरूकाे नक्सा बनाउनु पर्ने र नगरपालिकाबाट नक्सा पास गर्नुपर्ने अनिवार्य ब्याबस्थालाई तत्कालका लागि हटाइएकाे छ ।