FAQs Complain Problems

अपडेट

मेयर कप फुटबल प्रतियोगिता शुरु

सिन्धुपाल्चोककै सर्वाधिक पुरस्कार राशिको प्रथम चौतारा सांगाचोकगढि मेयर कप फुटबल चैत्र २० गतेबाट सुरु हुने भएको छ । आयोजक तोप २१ ले आज चौतारामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगितामा १७ वटा फुटबल टिम सहभागि हुने भएका छन। जसमा जिल्ला बाहिरबाट ५ टिम सहभागि भएका छन् । जसमा एन्फा अन्डर १६, एपिएफ वि , खरीवारी युथ क्लव ललितपुर ,काभ्रे फुटबल एसोसिएसन र दोलखा फुटबल एसोसिएसन रहेका छन। यसै गरी चौतारा भित्रका ४ क्लब पनि प्रतियोगितामा सहभागि हुदै छन। जसमा चौतारा स्पोर्टिङ क्लव ,चौतारा युथ क्लव ,भुभुले युवा क्लव र लि फङ घले समाज रहेका छन् । यसैगरि जिल्ला भित्रका अन्य क्लवहरुमा नव प्रतिभा युवा क्लव बलेफी ,अधेरी युथ क्लव अधेरी ,सांगाचोक क्लव , ठुलोसिरुवारी क्लव र भिमटार फुटबल क्लव, ठुलोपाखर क्लव , नवलपुर युनाईटेड , पांच पोखरी थाङपालधाप युवा क्लव रहेको छन । चौताराको टुडिखेल मैदानमा हुने खेलमा १६ लाख बराबरको अनुमानित लागत रहेको आयोजक क्लव तोप २१ ले जनाएको छ । चैत्र २० देखि ३० सम्म हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । दोस्रो हुनेलाई नगद एक लाख रुपैया र प्रत्येक खेलमा विजेतालाई नगद पाँच हजार रुपैयाँ संगै उप-विजेतालाई नगद तीन हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै उत्कृट डिफेन्डर ,प्लेएर र स्कोररलाई ४२ ईन्चको एलईडि टिभि र मेडल प्रदान गरीने भएको छ । यो मेयर कप फुटबल प्रतियोगिता सिन्धुपाल्चोक जिल्लाकै ठुलो धनराशिको खेल भयको सस्था र २१ वटा प्रायोजक रहेको क्लबले बताएको छ । चैत्र २० गते पहिलो खेल एन्फा अन्डर १६ र चौतारा युथ क्लव बिच भएको छ । आज जिल्लाका पुराना खेलाडिहरुले लक्कि ड्र मार्फत खेल तालिका तयार गरेका हुन् । यस्तै २१ गते ठुलोसिरुवारी र चौतारा स्पोटै क्लव , अनि लि फङ घले र अधेरी युथ क्लब बिच खेल हुने भएको छ । यस्तै २२ गते ठुलोपाखर र भुलभुले युवा क्लव अनि सांगाचोक र बलेफी बिच खेल हुने भएको छ । २३ गते खरीवारी युथ क्लव ललितपुर र नवलपुर युनाईटेड बिच अनि देलखा फुटबल क्लव र पाचपोखरी थाङपालधापबिच खेल हुने छ । २४ गते भने काभ्रे र भिमटार क्लव बिच खेल खेलाईने मेयर कप फुटबल टुर्नामेन्टको टाइसिटमा उल्लेख छ ।