FAQs Complain Problems

अपडेट

चौतारा साँगाचोकगढी नगरपालिकाको परिचय

चौतारा साँगाचोकगढी नगरपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग कि.मी. छ । यो नगरपालिका साबिकका १० वटा गाविसहरु (चौतारा, पिपलडाँडा, कुविण्डे, सानोसिरुवारी, स्याउले, बतासे, इर्खु, कदमबास, साँगाचोक र ठुलोसिरूवारी गा.वि.स.) मिलेर बनाइएको छ । हाल यो नगरपालिकामा १४ वटा वडा रहेको छ । २०७८ को जनगणना अनुसार यो नगरपालिकाको जम्मा जनसंख्या ४२,६६८ रहेको छ, भने घरधुरी तथ्याङ्क सर्वेक्षण, २०७५ अनुसार नगरपालिकामा कूल ५१,३४७ जनसंख्या रहेको छ  र हाल राष्ट्रिय जन गणना २०७८ नतिजा अनुसार जम्मा घरधुरी ११,५९०, परिवार संख्या रहेको छ । यस नगरपालिकामा विभिन्न धर्म मान्ने जातजातिहरूको बसोबास रहेको छ । यहाँका बासिन्दाहरुको मुख्य विशेषता भनेको धार्मिक र सास्कृतिक पर्वहरु हो । यहा विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र  क्रिचियनहरुको  बसोबास रहेको छ। जसले सार्वलौकिक सस्कृती झल्काउछ । यहाको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै तामाङ्ग, नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् ।

Brief Introduction

Chautara Sangachowkgadhi municipality is located in Sindhupalchowk district under Bagmati province. This municipality is also the headquarters of the district. The total area of ​​this municipality is 165.25 square km. This municipality is made up of 10 former VDCs (Chautara, Pipaldanda, Kubinde, Sanosiruwari, Syaule, Batase, Irkhu, Kadambas, Sangachowk, and Thulosiruwari VDCs).

Invitation For Electronic Sealed Quotation for the Procurement of supply and delivery of "Sanitary Pad"

 

"सेनेटरी प्याड" को आपूर्ति र वितरण को लागी इलेक्ट्रोनिक सिल गरिएको कोटेशन को लागी निमन्त्रणा

आठौ नगर सभा सम्बन्धमा ।

प्रस्तुत विषयमा मिति २०७७ आषाढ १० गते विहान ११ः३० बजे चौतारा साँगाचोकगढी नगरपालिकाको आठौं नगर सभा सहिद स्मृति भवन (चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं ५, गैरीगाउँ) मा हुने भएकोले यहाँहरुको उपस्थितिको लागि अनुरोध छ । 

उद्यम संचालन गर्ने महिलाहरुको लागि अनुदान कार्यक्रमको निवेदन फारम

चौतारा साँगाचोकगढी नगरपालिकाको आ.व.०७६।७७ मा विनियोजित बजेटबाट यस नगरपालिका भित्र बसोवास गर्ने उद्यम संचालन गर्ने महिलाहरुको लागि अनुदान कार्यक्रमको व्यवस्था गरि सूचना प्रकाशित गरी प्रस्ताव आव्हान गरिएकोमा निवेदकले भर्ने फारमको  ढाँचा ।

हेलाे सरकारकाे नयाँ पाेर्टल स‌‍न्चालन सम्बन्धी सूचना

https://gunaso.opmcm.gov.np/home

चौतारा साँगाचोकगढी नगरपालिकाले नेपाल सरकार, प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, हेलो सरकार शाखाबाट संचालन गरेको हेलो सरकारको नयाँ पोर्टलको सुरुवात गरेको छ । यदि तपाइको केहि गुनासो छ भने यहाँ

कार्यक्रम स्थगित सम्बन्धि सूचना

मिति २०७६ जेष्ठ ५ गते (आइतबार) चौ.सा.गढी.न.पा.ले हालसम्म सप्पन्न गरेको कार्यप्रगती सार्वजनिकिकरण तथा आ.ब. २०७६/०७७ को निति तथा कार्यक्रम सम्बन्धि बृहत सुझाव संकलन कार्यक्रम राखेकोमा बिशेष कारणवस हाललाई स्थगित भएको जानकारी गराउदछौ । 
चौ.सा.गढी.न.पा

Invitation for Bids for Earthwork Excavation and Causeway Works in Jalkine-Jitpur-Kadambas Road

Invitation for Bids for Earthwork Excavation and Causeway Works in Jalkine-Jitpur-Kadambas Road 

CSGM/NCB-29/075-76

Date of Publication: 2075/12/04

शहिद परिवार लक्षित योजना तथा कार्यक्रम सञ्चालन गर्नको लागि तयार परेको प्रश्नावली फारम तथा पत्र (वडा कर्यालय सबै)

यो प्रश्नावली चौतारा साँगाचोकगढी नगरपालिकाले शहिद परिवार लक्षित योजना तथा कार्यक्रम सञ्चालन गर्नको लागि तयार पारिएको हो । संकलित तथ्याङ्क सो प्रयोजन बाहेक अन्य उद्देश्यको लागि प्रयोग गरिने छैन र प्राप्त तथ्याङ्कको गोपनियता कायम राखिने छ । 

lnvitation for Bids for the Rigid Pavement Works in Chautara Bazzar Road

lnvitation for Bids for the Rigid Pavement Works ln Chautara Bazar Road.
Contract ldentification No : CSGM/NCB-24/075-76
Date of Publication: 2075/10/21

Invitation for Bids for the Bituminous Premix Carpeting (Box Top) in Jalkine Mod-Kundala Road 

Invitation for Bids for the Bituminous Premix Carpeting (Box Top) Work in Jalkine Mod-Kundala Road 
Contract Identification No: CSGM/NCB-28/075-76

चौतारा साँगाचोकगढी नगरपालिकाको इन्द्रावती नदीको दहत्तर बहत्तरको बोलपत्र अव्हान सम्बन्धी सूचना

इन्द्रावती नदीको वनदेउको ५९ कि.मी. देखि झ्याडी खोला सम्मको क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल र रोडा घाटगद्दी एंव विक्री (स्वीकृत खानी क्षेत्र बाहेक) कर ।

आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना (संसोधित)

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ घ (१) घ(२) र घ(६) समेतमा भएको व्यवस्था, नगरपालिकाको आन्तरिक आय संकलन कार्यविधी २०७५, प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तथा नगर कार्यपालिकाको निर्णयानुसार देहायका शिर्षकहरुमा राजस्व असुली सम्बन्धी काम आ.व.

चौतारा बजार क्षेत्रमा सि.सि.टि.भि. क्यामरा (CCTV) जडान कार्य सम्पन्न

आज मिति २०७४/१२/२६ गतेका दिन वाट चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र समन्वयमा चौतारा बजार क्षेत्रमा सि.सि.टि.भि. क्यामरा (CCTV) जडान कार्य सम्पन्न गरि संचालनमा ल्याइएको छ | हाललाई सि.सि.टि.भि. क्यामरा को संख्या ९ वटा रहेको छ | सि.सि.टि.भि.

मेयर कप फुटबल प्रतियोगिता शुरु

सिन्धुपाल्चोककै सर्वाधिक पुरस्कार राशिको प्रथम चौतारा सांगाचोकगढि मेयर कप फुटबल चैत्र २० गतेबाट सुरु हुने भएको छ । आयोजक तोप २१ ले आज चौतारामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगितामा १७ वटा फुटबल टिम सहभागि हुने भएका छन। जसमा जिल्ला बाहिरबाट ५ टिम सहभागि भएका छन् । ज

घरदैलो कार्यक्रम वडा नं. १३ ठुलोसिरुवारीमा सम्पन्न

सिंहदरबारको अधिकार गाँउमा भन्ने जनताका भनाइ र सरकारले दिएको सुबीघाहरु बोकेर गाँउ गाँउमा सेवा प्रदत्त हुन थालेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १३ ले हालै घरदैलोमा सरकार भन्ने नाराका साथ नगरपालीकाबाट पाइने सेवाहरु प्रदान गरेको छ । चौत

जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम सम्पन्न

आज मिति २०७४ फाल्गुन १५ गतेका दिन भएको जेष्ठ नागरिकहरुको भेलामा चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ५ का जेष्ठ नागरिकहरु लाई जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यको शुभारम्भ जि.स.स. प्रमुख गोपाल तामांङ र प्र.जि.अ. श्री अस्मान तामांङ गरियो !

सामाजिक परिचालन कार्यक्रम सम्बन्धी मन्त्रालयको परिपत्र

सामाजिक परिचालन कार्यक्रम सम्बन्धी मन्त्रालयको परिपत्र, सबै सामाजिक परिचालक लाई बिशेष धन्यवाद सहित यही पौष १७ गते बाट विदाई गर्ने निर्णय !

सडकहरुको मापदण्ड (MTMP र Road Inventory अनुसार)

चौतारा सााँगाचोकगढी नगरपालिकामा रहेका सडकहरु सडक मापदण्ड (MTMP र Road Inventaory अनुसार)